Friday,November 24, 2017
  • :
  • :

विचार

मौसम परिवर्तनसँगै जनकपुरधाम मा पनि निमोनिया को रोग बाल बालिका

मौसम परिवर्तनसँगै जनकपुरधाम मा पनि निमोनिया को रोग बाल बालिका


 

डा. अरुणकुमार सिंह, बालरोग विशेषज्ञ, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान


            डाकटर साहेब हुनुस न मेरो  बच्चा लाई रात भर  घ्यार घ्यार हुने गर्छ के गरु त् ? यस्ता बाल बालिका  ओ.पी.डी.,इमेरजेन्सीमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान देखा पर्दछन!बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।मौसम परिवर्तनसँगै सामान्य रुघाखोकी देखिनु स्वाभाविकै हो । छिनमै चर्को गर्मी त छिनमै झरर पानी पर्ने अहिलेको मौसममा रुखाखोकीको सम्भावना बढिरहेको हुन्छ । तर, यो रुघाखोकीलाई बेवास्ता गरियो भने यसले निमोनियासम्मको डरलाग्दो अवस्था मा पर्न सक्छ । मौसम परिवर्तनसँगै जनकपुरधाम मा पनि निमोनिया को रोग बल बालिका मा बढी रहे को छ !  यसको संक्रमण सबैभन्दा बढी २ वर्षमुनिका साना बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।

         विश्वभर वर्षेनी ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा ५ वर्ष मुनिका ३५ लाख वच्चाहरु मध्ये ५६ सय जनाको मृत्यु हुन्छ। मृत्यु हुनेहरु मध्ये ९८% बालबालिकाहरु नेपाल जस्तो कम विकासोन्मुख देशका पर्दछन्। आँखाले देख्न नसकिने सुक्ष्म जिवाणुहरु हो जुन प्रत्येक मानिसको नाक र घाँटीमा हुन्छ तर यी जिवाणुहरु जब फोक्सो भित्र पस्छ यसले संक्रमणले निमोनिया गराउँछ।


  आखिर घ्यार घ्यार निमोनिया के हो ? निमोनिया हुनु धरै अभिबाकहरु को चिन्ता को बिषय रहेको छ !निमोनिया बारे जानकारी हुनु पर्छ !

निमोनिया के हो ?
           निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको खराबी हो। जसमा फोक्सोका कोषहरू सुनिन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। निमोनिया हुँदा फोक्सो सुन्निन्छ, त्यसमा तरल पदार्थ जम्मा हुन्छ । यो संक्रमण भाइरस, ब्याक्टेरिया वा परजीवीबाट हुन्छ । 

निमोनियाको उपचार कसरी गर्ने ?
          एक्सरे र खकारको परिक्षणबाट निमोनिया लागे नलागेको थाहा पाउन सकिन्छ । धेरैजसो अवस्थामा एन्टीबायोटिक औषधी दिएर निमोनियाको उपचार गर्न सकिन्छ !शिशुहरुमा विशेषत नवजात शिशुहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने हुन्छ।

निमोनिया बाट कसरी जोगाउने त ?

       जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि पोसिलो र ताजा खानेकुरा पनि थप्नुपर्छ ।
बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राख्नुपर्छ ।
धुलो र फोहोर वातावरणमा खेल्न दिनु हुँदैन ।
चिसोपानीले नुहाइदिनु हुँदैन ।
बालबालिका भएको ठाउँमा धूमपान गर्नु हुँदैन ।
बालबालिकालाई पानीमा भिज्न दिनु हुँदैन ।
जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । त्यसपछि पोसिलो र ताजा खानेकुरा पनि थप्नुपर्छ ।
न्यानो लुगा लगाइदिनुपर्छ, सकभर भान्सा कोठामा राख्नुहुँदैन । धुवाँ, धुलो र मट्टीतेलको खारबाट जोगाउनुपर्छ ।
वाल बालिका मा उपचार को लागि खोप र समय मा चिकत्षक को सालाल्य लिनु  पर्ने जारी जरुरी छ !


आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...