Friday,November 24, 2017
  • :
  • :

विचार

बालबालिकाको लागि उचित निकाय चाहियो

बालबालिकाको लागि उचित निकाय चाहियो



डा अरुण कुमार सिंह

बालरोग विशेषज्ञ
 बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान 

    सर्वप्रथम त बाल भन्नाले निकै सानो उमेरका केटाकेटी र अधिकार भन्नाले कानुनी,परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी वा हक हो । शिक्षा, स्वास्थ्य, पौष्टिक आहार अनुकुल वातावरण आदि उसका नैसर्गिक अधिकार हुन् । हाम्रो वाल्य अवस्थामै बाबु आमाले राम्ररी रेखदेख पुर्याउनु पर्छ । दुःख बिमार नलागी पालन–पोषण गर्नु पर्छ ।हामीले शरीर चांडै बढ्ने गरि पौष्टिक आहाराहरु खान पाउनु पर्छ । शिक्षा पढ्न पाउनु पर्छ । यिनीहरु नै बाल अधिकार हुन् । यसैलाई बालअधिकार भनिन्छ । हामी बालकहरुको शिक्षा, स्वास्थ्य सबैमा अधिकार हुनु पर्दछ । यो हाम्रो मौलिक अधिकार हो ।

हाम्रो देशमा बालकहरूको दयनीय अवस्थामा छ । कोही टुहुरा छन् र केहीको बस्नका लागि घर छैन । हाम्रो बाल बालिका कोपिला छ ,भोलि हुन्छ फुल ,हाम्रो बाल बालिका को उचित खान पिन पढाई न भयको र गरिबी को जिबन बिताई रहेको हामी सबै लाई थाया नै छ । म गरिब सडक बल बालिका को उपचार को लागि जादा धरै बाल बालिका को अबिभाक नै छोडी देए बताउछ सडक बाल बालिका को लागि उचित कुनै निकाय न रहे को छन् ।

नेपालको केन्द्रिय तथ्याङ्क विभाग को सन् २००८ को नेपालको श्रमशक्ति सर्वेक्षणका अनुसार सो वर्ष नेपालको ५–१७ वर्ष उमेर समुहका कूल ७७.७ लाख बालबालिका मध्ये १६ लाख बाल श्रमिक रहेको र ६२ हजार बालश्रमिक जोखिमयुक्त क्षेत्रमा श्रम गरिरहेका छन् । गरिबी र देशको अल्पविकास नै यसका कारक तत्व रहेका छन् । बालबालिका भनेका जन्मेदेखि १६  वर्ष उमेर नपुग्दा सम्मका व्यक्ति हुन् ।

बालबालिकाहरू शारीरिक एवम् मानसिक रूपमा परिपक्व नहुने हुंदा उनीहरूलाई विशेष हेरचाह र सुविधाहरूको आवश्यकता पर्दछ । यसका लागि उनीहरूलाई संरक्षण प्रदान गर्नुपर्दछ।कुनै पनि देशको विकास उसका बालबालिकाको कति संख्याले बाल अधिकार पाएका छन् भन्रुने आधारमा देखिन्छ र देशको भविष्य पनि तिनै बालबालिकाको भविष्यमाथि निर्भर रहन्छ जुन बालबालिकाले भोलि देशविकासको अभिभारा आफनो कांधमा लिन्छन् । तर दुस्ख लाग्दो छ कि नेपालमा धेरै जनताले अत्यन्तै गरिबीको जीवन जिउनु परेको छ ।

बालबालिकाको सामाजिक सुरक्षा, शिक्षा दिक्षा,माया, स्नेह, शान्ति समझदारी, बालमैत्री वातावरण, पोषिलो खानपान नैसर्गिक अधिकार हो।मानिस सामाजिक प्राणी हो । ऊ समाजमा जन्मन्छ । त्यहीं हुर्कन्छ । हुर्कंदै जाने क्रममा उसले अनेकन चाहना राख्दै जान्छ । समाजका आफनै नियम हुन्छन् । त्यो नियम उसले बुझ्छ । नियम बुझेरै उसको चाहना पूरा गर्ने इच्छा राख्छ । त्यो इच्छालाई समाजले स्विकार्छ । अनाथ, टुहुरा, घरबारविहिन बालबालिका अधिकांश रुपले श्रम गर्न बाध्य भएका छन् ।  टुहुरालाई बस्नका लागि घर छैन । उनीहरू सडकमा यताउती भौतारिन्छन् ।

र सडकमा जे खाने कुरा पायो त्यहीं खान्छन् । उनीहरू शिक्षाको अवसरबाट बञ्चित भएका छन् । यहाँ एकपेट खान नपाएर गिटी कुट्ने, बालुवा बोक्ने देखि लिएर कवाडी सामान संकलन गरी गुजारा गरेका थोत्रा पुराना सामानहरू संकलन गरेर दैनिक गुजारा गर्ने काम गर्न नसक्नेले मागेर खाने, खुला आकाश मुनिको बास, भोक र रोगसँग दैनिक हामी देखछौ । नेपालमा झण्डै ९०५ भन्दा बढी सडक बालबालिकाहरू निम्न वर्गीय गरीब समुदायका छन् ।

एकातिर आर्थिक अवस्था कमजोर हुने अकोर्तिर मादक पदार्थको सेवनले घरमा झगडा भइरहने बहुविवाह गर्ने, परिवार नियोजन नगर्नाले धेरै बच्चा जन्माउने जसले गर्दा नराम्रो भएको आर्थिक अवस्था झन् कमजोर बन्दै जाने हुनाले केटाकेटीको लालनपालन र उचित हेरविचार नहुनाले केटाकेटी घर छाडेर भाग्ने गर्दछन् । विशाल जगतमा प्रथम शब्द आमा, बुवा या पापा भनेपछि हामीले धेरै कुरा र वस्तुहरुको नाम सिक्दै गयौ होला, आमाको हातले खुवाएको गासहरु चपाउदै हामीले आफै खान सिक्यौ होला, हामीले पहिले क सिक्यौ अनि क वाट कलम , विधालयको गृहकार्यले हामीलाई समयको महत्व र अनुशासन सिकायो होला, छेउकै वेन्चमा वस्ने साथी जस्लाई हामीले सोझै तिमी तपाई केहि नभनि तँ भनेका हुन्छौ उस्को र उन्को उपस्थितीले हामीलाई मित्रता सिकाएको होला, कापीका पानाहरुले हामीहरुलाई अक्षर लेख्न सिकायो होला । वालापनाका तिनै सिकेका अध्यायहरुले हाम्रो जिवनभरि आधार दिइरहन्छ ।

मान्छेलाई उस्ले लगाउने लुगाले हैन उस्को विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता उनिहरुलाई सिकाउन पर्दछ, कारमा वसेर शपिङग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

 पछिल्लो पुस्ताको वाल्यकाल र अहिलेको वाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका वालवालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोवाइल खेलेर हुर्किरहेका छन, समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफनो फेवरेट कार्टुन यूट्यूवमा हेर्नु र विहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मदत गर्न पाउदाको असिम आनन्द सबैको वारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।

सानामा प्रशस्त माया पाएका वालवालिकाहरुले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन, मायामा अडेको छ तसर्थ आप्mना वालवालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी वन्न हरेक हिसाबले सिकाऔं । हामीले पनि वालवालिकालाई पढाइको नंवर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिगको आधारमा तुलना नगरौँ, हरेक वच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यस्को उजागर गर्न प्रोत्साहन गरौ । वालवालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ, अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे वन्न प्रेरित गरौं ।

कति बालबालिका अभिभावक नभएका कारण अधिकारबाट बञ्चित छन् । तिनलाई राज्यले अभिभावकको जिम्मेवारी बोक्नुपर्छ र कति अभिभावक भएर पनि विभिन्न समस्याको कारण अभिभावकको माया पाठनबाट बञ्चित छन् । कारक गरिबी र अशिक्षा हुन सक्छ त्यसलाई हटाउन अभिभावकलाई विशेष आर्थिक उपार्जनको कार्यहरु र सचेत गराउनु पर्छ । वालवालिका यस जगतका लागी उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनपर्दछ र वालवालिकालाई पनि याद गरौ जस्माथी विभिन्न स्थान र शैलीमा दुब्र्यवहार गरिन्छ, अपहेलना गरिन्छ, जो विरामी परेका छन र उपचारको पहुँचमा छैनन र ति वालवालिकाहरु जो खुशी छैनन ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...