Saturday,April 21, 2018
  • :
  • :

मनोरञ्जन

आमिर खान अभिनित फिल्म “दंगल

आमिर खान अभिनित फिल्म “दंगल


नयां दिल्ली । आमिर खान अभिनित चलचित्र “दंगल” रेसलर महावीर सिंहको असाधारण जीवनीमा आधारित एक बुहप्रतिक्षित फिल्म हो ।
रेसलर महाविर सिंह फोगतको भूमिकामा आमिर खानले अभिनय गरेका छन् ।

महावीरले जन्मँदै नजन्मेको आफनो छोराले कुनै दिन देशको लागि स्वर्णपदक जित्छन् भन्ने आशा लिएका हुन्छन् । जब महावीरले सोचेको ठिक विपरित उनका दुई छोरीहरु – गीता फोगत र बबिता कुमारी – को जन्म हुन्छ तब उनको सपनामा तुषारापात छाउँछ । यद्यपी, उनले आफनो यो सपनालाई खेर जान दिदैंनन् र आफना छोरीहरुलाई अवार्ड जिताउने रेसलरको रुपमा तालिम दिन्छन् ।

एक बुवा र दुई छोरीको प्रेरणादायी यात्राको यो फिल्ममा बुवाले आफना छोरीहरुलाई सफलताको शिखरमा पुर्याउन गरेको मेहनत दर्साइएको छ । फातिमा साना सिख र सान्या मलहोत्राले गीता र बबिताको भूमिका निभाएका छन् जसमा उनीहरुले सन् २०१० को कमनवेल्थ गेम्समा क्रमशः स्वर्ण र रजतपदक जित्न सफल भएका थिए । नितेश तिवारीद्वारा निर्दे्शित यो फिल्म डिसेम्बर २३ तारिखमा रिलिज हुंदैछ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...