Tuesday,January 23, 2018
  • :
  • :

मनोरञ्जन

“जेम्स बंड” ले मागे माफी

“जेम्स बंड” ले मागे माफी


जेम्स बंडको नामले चर्चित पियर्स ब्रोसननले एक भारतीय पान मसलाको विज्ञापनमा काम गरेकोमा माफी मागेका छन् । उनले आफूलाई विज्ञापनले सूर्तीजन्य पदार्थको उत्पादनलाई महत्व दिएको बारे जानकारी नभएकोसमेत स्पष्ट पारेका छन् ।

सूर्तीजन्य उत्पादनका कारण सेन्ट्रल बोर्ड अफ फिल्म सर्टि्फिकेसनले विज्ञापनमा आपत्ति जनाउंदै यसलाई प्रतिबन्ध गराएको थियो । स्मरण रहोस, भारतमा मसाला, सूर्ती, रक्सीको विज्ञापन पहिलेदेखि नै प्रतिबन्ध थियो र यो विज्ञापन गरेर ब्रोसननले सबैलाई अचम्मित तुल्याइदिएका थिए । सोसल मिडियामा पनि यसै विषयलाई आधार बनाएर उनको निकै मजाक उडाइएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...