Friday,November 24, 2017
  • :
  • :

विचार

थाइल्याण्डको नया अनिश्चितता

 

जोशुआ कुर्लान्जिक
काठमाडौ, ३ कार्तिक । थाइल्याण्डका वृद्ध नरेश भूमिबल अदुल्यादेजको ढिलो वा चाँडो निधन हुन्छ नै भन्ने अड्कल वर्षौं अघिदेखि गरिएको थियो । तर उहाँको, एक प्रकारले भनौ, असामयिक निधनले उत्पन्न गरेको पीडाले थाइल्याण्डलाई सोचे भन्दा बढी नै शोकमग्न तुल्याएको छ । करिब सत्तरी वर्षसम्म राजकाज सम्हाल्नु भएका नरेश स्वर्गवास हुनुभएको घोषणा गरिएको समाचार बाहिर आउनासाथ उहालाई श्रद्धान्जलि अर्पण गर्न स–साना शहरदेखि महानगरसम्म मानिसहरुको विशाल भीड एकत्रित भै घण्टौंसम्म ठूलो रुवाबासी चल्यो ।

नरेशको निधनको तत्कालै थाइल्याण्डको शेयर र स्टक बजारमा उतारचढाव शुरु भएको छ । साथै, समग्र मुलुक पनि एक किसिमको अन्योलको भुमरीभित्र छिरेको छ । अधिकांश जनताहरुले थाइल्याण्डमा भूमिबल बाहेक अन्य सम्राट वा राजाको अस्तित्व स्वीकारेका छैनन् । मुलुक विशाल राजनीतिक र आर्थिक परिवर्तनको संघारमा उभिएका बखत स्वर्गीय भूमिबलले जनमानसबीच छर्नु भएको मनोवल र उत्साहले अतुलनीय देशभक्ति जागृत भै थाईल्याण्ड दक्षिणपूर्व एसियामा एक वलिष्ठ र समृद्ध राष्टूको पङ्क्तिमा उभिन सफल भयो । विश्वको एउटा गरीब मुलुक भनी कहलिएको थाईल्याण्डले उहँकै राज्यकालमा दक्षिणपूर्व एसियाकै दोस्रो ठूलो अर्थतन्त्रले सम्पन्न उदियमानराष्टूको रुपमा ख्याति आर्जन गर्न सफल रह्यो ।

प्राबिधिक हिसाबले बेलायतकी महारानी एलिजाबेथ द्वितिया सरहको अवस्थाको संबैधानिक राजतन्त्र अन्तर्गत रहनु परे ता पनि स्वर्गीय भूमिवल राष्टूको एक प्रभावशाली राजनीतिक ब्यक्तित्व र साँच्चिकै राष्टिूय एकताको प्रतीकको रुपमा परिचित हुनुहुन्थ्यो । थाइल्याण्डमा सन् १९३२ मा राजसंस्थाको एकतन्त्रीय शासन प्रणाली औपचारिक रुपमै समाप्त भएको थियो । हाल,हुकुम चलाउने सम्बन्धमा राजसंस्थाको बचेखुचेको अधिकार र शक्ति पनि स्वर्गीय भूमिवल बिधिपूर्वक राज्यारोहण हुनु भएलगत्तै सन् १९५० तिर झण्डै सङ्कटमा परिसकेको थियो । तर, स्वर्गीय नरेशको बुद्धिमानी, चतु¥याई, र अथक परिश्रमबाट राजसंस्थाको प्रभावशाली नेतृत्वमा आँच आउन नपाई पहिलाको जस्तै लोकप्रियता पुनर्जीवित भएको थियो ।

स्व.भूमिवलको शासनकालमा भाइभारदार र राजसंस्थाप्रति समर्पित रहनेहरुले राष्टिूय सेना ूजुन्ताू सँगको सहकार्यमा नरेशको गरिमा र छविलाई निरन्तर पुनर्निमाण गरी ओझेलमा पर्न दिएनन् । थरी थरीका राजनीतिक पार्टीका बिभिन्न घिनलाग्दा तिकडम होस् या पटक पटक दोहोरिएका सैनिक विद्रोह (कु) काबीच मुलुक धेरै पटक चरम राजनीतिक अस्थिरतातर्फ धकेलिए ता पनि राजसंस्थाको मूल्य र गरिमा सदाकाल स्थिर रहिरह्यो । त्यसमाथि, हिन्द–चीन युद्ध, दक्षिण एसियाली राष्टूहरुमा अमेरिकाको ब्यापक प्रभाव, वैदेशिक बाह्यशक्तिले राजसंस्था विरुद्ध गर्न खोजेको दुष्प्रचार र दुष्प्रभाव जस्ता अवरोधका बाबजूद राजसंस्था अटल र स्थिर भै रह्यो ।

यो सबै स्व.भूमिवलकै बुद्धिमानी र देनले गर्दा सम्भव भएको मानिन्छ । हुन त थाइ नरेशलाई ूगरीब देशका धनी राजाू भन्ने गरिन्छ । नरेश भूमिबलले अथाह सम्पत्तिको भोगचलन गरी मुलुकलाई आर्थिक प्रभावमा पारिरहेको भन्ने पनि बारम्बार चर्चा हुने गर्छ । वर्तमानमा थाईल्याण्डको धेरैजसो उच्च मूल्यवान व्यापारिक केन्द्रहरु लगायतका क्षेत्रमा घर,घडेरी र जग्गा,जमिन, लिग,लगापात तथा अन्य धन, सम्पत्ति, गर,गहनासमेत गरी राजसंस्थाको तीस अरब अमेरिकी डलर बराबरभन्दा बढीको जायजेथा रहेको राजदरबारिय सम्पत्ति अनुगमन केन्द्र (क्राउन प्रोपर्टि ब्युरो) को प्रतिवेदनले उल्लेख गरेको छ । तथापि, राजदरबारले निमुखा र गरीव बर्गलाई सहयोग, संरक्षण र हेरविचार गर्छ भन्ने यश र किर्ति भने कायमै छ ।

थाइल्याण्डमा देश हाँक्ने एक वलिष्ठ सरकारी संयन्त्र वा नेतृत्वको अभाव र सदाकालको खर,खिचोला वा खिँचातानीका कारण आन्तरिक राजनीतिक द्वन्द्व व्यबस्थापनार्थ सरिक हुनुपर्दा स्व. भूमिवललाई बारम्बार  विवादमा मुछिनु परेको छ । सन् १९९२ को सैनिक विद्रोहमा बैंककमा एकत्रित भएका दशौं हजार आन्दोलनकारीमाथि सेनाले जथाभावी गोली चलाउँदा थुपै नागरिक मरेका थिए । त्यस बखत नरेशले तत्कालै द्वन्दमा उत्रिएका सैनिक ूजुन्ताूका नेतागण र प्रदर्शकारी नेताहरु दुबै थरीलाई नगरको केन्द्रमा रहेको राजदरबारमा बोलाई वार्तामा बस्ने आदेश दिए । प्रत्यक्ष टेलिभिजन प्रसारण गरिएको सो वार्ताको क्रममा दुबैथरीले साखुल्ले हुन नरेशसमक्ष आ–आफ्नो तर्क र स्पष्टिकरण पेश गरे ता पनि रक्तपातको अन्त्य गर्ने राजाज्ञा दुबैथरीले मान्न कर लाग्यो ।

सैनिक ूजुन्ताू ले तत्काल आफ्नो कारबाही फिर्ता लियो, देशमा सेना तथा नागरिकसम्मिलित जनउत्तरदायी राष्टिूय सरकारको स्थापना भै शान्ति कायम भयो र सन् २००० सम्म यही सरकारले शासन गर्दा थाइल्याण्डमा घनिभूत र स्थिर प्रजातन्त्रको बहालि भएको प्रतीत भयो । नरेशको मध्यस्थता र वुद्धिमानीले त्यस्तो विकराल समस्या पारदर्शी रुपमा सहज ढङ्गबाट सुल्झिएको हुँदा जनताबाट उच्चप्रशंसा पाउनुका साथै प्रजातान्त्रिक परिवर्तनकारी संवाहक शक्ति राजसंस्था नै हो भन्ने निष्कर्ष समेत गरिएको
थियो ।
तर, सैनिक सरकार तथा प्रविधितन्त्रवादी सरकार (टेक्नोक्र्याट) द्वारा दशकौंसम्म शासित, एक प्रकारले प्रताडित, देशनिर्माणमा खास योगदान पुयाउने तृणमूलका मजदूर तथा कामदारबर्गले नरेशको यो प्रजातान्त्रिक नीति पचाउन सकेन । फलस्वरुप, यो बर्गले देशको राज्यशक्ति राजसंस्था, सैनिक शासकहरु र वर्तमान राजनीतिक नेताहरुबाट खोसी एक निष्कपट, राष्टूप्रति बफादार, र मौलिक संस्थाको हातमा जाओस भन्ने अभिलाषा राखी पछिको आमनिर्वाचनमा जनाधिकारबादी नयाँ पार्टीलाई मतदान गरे ।

तर, यस्तो जनअभिलाषा पूरा हुन नपाउँदै चाँडै नै यी तीनै शक्तिहरु पुनः सल्बलाए । परिणामतः मुलुकले फेरी २००६ मा सैनिक विद्रोह बेहोर्नु प¥यो । स्थिर भै सकेको राष्टिूय राजनीति दरबार समर्थित सैनिक विद्रोह, निर्वाचित सरकार र हिसात्मक सडक प्रदर्शनीको चक्रमा नराम्ररी फस्यो । हुँदा हुँदा कतै कतै ूनरेशलाई पनि महाभियोग लगाई जेल हाल्नुपर्छ (लेसे(म्याजस्ते) भन्ने नारा पनि सुनियो । यसैबीच २००६ को सैनिक विद्रोहलाई मौन समर्थन गरेको भन्ने आरोप लगाउँदै सामाजिक सञ्चार माध्यम र यदाकदा जनमानसमै पनि स्व.भूमिबलको तीव्र आलोचना हुन थाल्यो ।

२००६ को सैनिक विद्रोह पश्चात् वीजारोपण भएको राजनीतिक अनिश्चितता हाल भूमिबलको निधनले थप झाङ्गिएको छ । थाइल्याण्डको सैनिक जन्ता युवराज महा बजिरालोङ्गकोर्नलाई तत्काल राज्यारोहण गराउने पक्षमा छैन । प्रकटमा एउटा कुरा–नरेशको मृत्युशोक मनाउन युवराजलाई लामो समय लाग्ने भनी बाहिर ल्याइए पनि सैनिक जुन्ताको भित्रि मनसाय अन्यथा प्रतीत भै रहेछ ।

युवराज लामो समयसम्म पिताको आसौचमा बस्दा जति विलम्ब हुन्छ, राजसिंहासन सुम्पन पनि त्यत्तिकै विलम्ब भै लामो समयसम्म खालि नै रहन्छ । यसैबीच, जनतामाझ लाड,प्यार र लोकप्रियता कमाएकी भूमिवलपुत्री, वर्तमान युवराजकी बहिनी युवराज्ञी सिरिन्धोर्नलाई राज्यारोहण गराई दरबारको शक्ति हस्तान्तरण गर्न सकिन्छ कि भन्ने ब्याख्या र चिन्तनमा सैनिक जन्ता लागेको अडकल गरिएको छ । तर राजपरिवारकी महिलालाई राज्यारोहण गराउने वा राज्यशक्तिको अधिकार दिने कुनै संवैधानिक आधार नभएकाले यस परिकल्पना साकार पार्न निकै ठूलो कसरत वा जबर्जस्ती नगरी नहुने देखिएको छ ।

हुन त, नरेशको निधन भैसकेको र युवराज वजिरालोङ्गकोर्नको बिधिपूर्वक राज्यारोहण भै नसकी राजसिंहासन रिक्त रहेको अवस्थाजन्य अन्तरिमकालभरी संविधानमा उल्लेख भएको प्रावधान अनुसार शाही परामर्श परिषद् (ूप्रिभि काउन्सिलू) का प्रमुख ९६ वर्षीय प्रेम तिन्सुलानन्दले राज प्रतिनिधिका रुपमा अल्प अवधिका लागि राजकाजको अन्तरिम जिम्मेवारी सम्हाल्ने कार्यबाहकको भूमिका निर्बाह गर्ने निश्चित भै सकेको छ । लामो समयसम्म राजदरबारको अत्यन्त निकट मानिएका प्रेम तिन्सुलानन्दले विगतमा एक पटक थाई प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिसकेका छन् ।

पूर्वप्रधानमन्त्री प्रेम तिन्सुलानन्द निमुखा र गरीव थाइ जनताहरुमाझ विभाजनकारी ब्यक्तित्व मानिन्छन् । उनको पालामा मुलुकले द्रुत आर्थिक वृद्धिदर हासील गरे ता पनि अर्का पूर्वप्रधानमन्त्री थाक्सिन सिनाबात्रा र उनकै पदचिन्ह पछ्याउने बहिनी पूर्वप्रधानमन्त्री यिङ्गलक सिनाबात्राद्वारा समर्थित जनाधिकारवादि दललाई मत दिने बहूसङ्ख्यक निमुखा र गरीव जनता प्रेम तिन्सुलानन्दलाई मन पराउँदैनन् । यद्यपि, पछिल्लो पटक २०१४ मा फेरी दोहोरिएको सैनिक विद्रोहले यिङ्गलकलाई सत्ताच्युत गराएको थियो । सन् २००६ को सैनिक विद्रोहले प्रेम तिन्सुलानन्दलाई सत्ताबाट हटाएपछि निमुखा र गरीव जनताले उनलाई थाक्सिन सिनाबात्राको दुश्मन वा प्रतिद्वन्दी ठान्दै लाछि र हुतिहारा समेत मान्दछन् । त्यसमाथि राज प्रतिनिधिका रुपमा राजकाजको अन्तरिम जिम्मेवारी व्यबस्थापन गर्न ९६ वर्षिय वृद्धको आँट नपुग्ने भन्दै उनको आलोचना समेत भै रहेको छ ।

राजपरिबारको उत्तराधिकारीका रुपमा पूर्वघोषित युवराज महा बजिरालोङगकोर्न आफ्नो पिता जत्तिकै लोकप्रिय हुन नसकेको, समग्र थाई जनताको मन जित्न नसकेको, महिलाप्रति यौनाशक्त हुने बानीद्वारा परिचित (प्लेब्वाय रेप्युटेसन), राष्टूका भावी नरेश वा राजपरिवारका वरिष्ठ सदस्य भएर पनि इज्जतमा बस्न नसक्ने र थाक्सिन सिनाबात्रासँग अवान्छित सम्पर्कमा रहने, उहाँले जनमानसमा ख्याति आर्जन गर्न निकै लामो समय लाग्नेजस्ता कतिपय कारण देखाई सैनिक जुन्ता (अझ स्वयं भूमिवल निकटका भारदारहरु तथा प्रेम तिन्सुलानन्द समेत) युवराजको बिकल्पको खोजीमा लागेका प्रतीत
हुन्छ ।
यस्तै यस्ता परिबन्दले गर्दा युवराज बजिरालोङ्गकोर्नलाई राज्यारोहण गराउने वा नगराउने भन्ने परामर्श र वादविाद मै धेरै लामो समय लाग्ने र यस लामो अवधिमा थाइल्याण्ड चरम अनिश्चितताको भँुवरीभित्र फस्ने अनुमान गरिएको हो ।

गतः अगस्ट महिनामा नयाँ संविधान स्वीकृत भै लागू भएपछि आगामी वर्ष थाईल्याण्डमा राष्टिूय महानिर्वाचन हुने तालिका तयार पारिएको छ । विगतका एक दशकभन्दा लामो समयसम्म बिभिन्न राजनीतिक दलका थरी थरीका घिनलाग्दा तिकडम र पटक पटक दोहोरिएका सैनिक बिद्रोह (कु) ले निम्त्याएका चरम राजनीतिक अस्थिरता भोग्नु परी वाक्क,दिक्क भएका अधिकांश सर्वसाधारण जनताको मनमा आगामी आमनिर्वाचन ले राजतन्त्रलाई अझै स्थिरताको मार्गतर्फ डो¥याउने र मुलुक वलिष्ठ र समृद्ध हुने आशा जागेको थियो ।

तर, नरेशको निधन पश्चात् अलोकप्रिय र अस्वच्छ छवि भएका युवराज नै अन्ततोगत्वा राजगद्दिका हकदार भै राज्यारोहण गर्ने भए भने मुलुक थप अस्थिरता र तनावको खाडलतर्फ घचेडिने पो हो कि र शीघ्र नै अवान्छित राजनीतिक विस्फोटन र अशान्ति मच्चिने पो हो कि भनी अधिकांश सर्वसाधारणको मनमा चिन्ता पैदा भएको पाइन्छ । (रासस÷प्रोजेक्ट सिन्डिकेट(अनुवादक मोहिनी मिश्र रिसाल)
(जोशुआ कुर्लान्जिक अमेरिकाको काउन्सिल अन फरिन रिलेसन्सको  सिनयर फेलो फर साउथईस्ट एसिया हुनुहुन्छ तथा निकट भविष्यमै काउन्सिलद्वारा प्रकाशित हुन गैरहेको दुई पुस्तकः( अ ग्रेट प्लेस टु हाय्भ अ वारः अमेरिका इन लाओस र द बर्थ अफ अ मिलिटरि सिआइएका लेखक पनि हुनुहुन्छ)

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...