Tuesday,January 23, 2018
  • :
  • :

मनोरञ्जन

“शिवाय” को एक्सन सबैको लागि दर्शनीय

“शिवाय” को एक्सन सबैको लागि दर्शनीय


मुम्बई । फिल्म अभिनेता वीर दासले सुपर स्टार अजय देवगनको आउंदो फिल्म “शिवाय” को एक्सन दृष्यलाई लिएर धेरै उत्साहित देखिएको छ । वीर दासले फिल्म “शिवाय” को जमेर प्रशंसा गरे । “म सोच्छु की अजय देवगन यस फिल्मको कहानीलाई राम्रो सित प्रस्तुत गरेको छ ।

जहांसम्म म सोच्छु की फिल्म “शिवाय” मा अजय देवगनले एक्सन गरेको छ त्यस्तो गर्ने क्षमता कसैमा पनि छैन र यो हरेकको लागि दर्शनीय रहने छ ।”– उनले भने । वीर दासलाई धेरै आश्चर्य भयो जब “शिवाय” मा अजय देवगनले उनलाई एक रोलका लागि प्रस्ताव गरे । अजय देवगनले वीर दासलाई फोन गरी अफिस आउन भने ।

लेखका टिमहरु पनि यस फिल्मको कहानी वीर दासलाई सुनाए र विरलाई मन पनि धेरै परयो । देल्ही बेलीका यस अभिनेताले बताए की यस फिल्ममा उनले पाकिस्तानीको एक हैकरको किरदार निभाइरहेको छ । उनले भने यो नाकारात्मक रोल चांही होइन । म एक पाकिस्तानी हैकरको भूमिका निर्वाह गरिरहेको छु । फिल्मको करारको आधारमा यो भन्दा बढी कुरा बताउन नसकने उनले बताए । फिल्म “शिवाय” आउंदो अक्टुबर २८ तारिखको सिनेमामा रिलिज हुनेछ । दर्शकहरुले फिल्म शिवायलाई बेसब्रीले प्रतीक्षा गरिरहेको देखिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...