Tuesday,January 23, 2018
  • :
  • :

ज्ञान/विज्ञान

माछा राम्रो कि मासु ?

माछा राम्रो कि मासु ?


पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खांदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए पनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोेग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।

रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै “फयाटी एसिड” पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फयाटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फयाटी एसिडसंग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खांदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खांदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् ।

यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पु¥याउनुपर्ने हुन्छ । सकेसम्म आंखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । “ग्रिल्ड”, “बेक” वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ । यसैगरी, विभिन्न अङगका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङका मासुमा कोलेस्टेरोलको साथै भिटामिन “ए”, “डी”, “ई” र केही मात्रामा भिटामिन “बी” पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिजतत्व पनि यी अङगमा प्रसस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो ।

यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा  
अध्ययनले देखाएको छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ । सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङगीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङगको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ ।

यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा “तृप्त फयाटी एसिड” कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । यस्तै, कुखुरा तथा अन्य चराचुरुङगीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुंदैनन् ।चराचुरुङगीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ ।

कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हांस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दांजोमा यस प्रकारका मासुमा फयाटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुङगीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ । ्
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...