विचार
एमाले देशका लागि क्यान्सर

राहुल चौधरी, जनकपुर
एमाले ले अरुण तेश्रो रद्द नगराएको भए नेपाल आज झिलीमिली हुने थियो , नेपाली जनता ले लोडसेडिङ झेल्नु पर्ने थिएँन , बिधुतिय अभावका कारण थुप्रो उघोगहरु बन्द हुने थिएनन , थुप्रै नयाँ उघोगहरु खुल्ने थिए , हजारौ ले रोजगार पाउने थिए तर बिडम्बना एमाले कै कारण देश आज अन्धकार छ ! हामी ले आफ्नै लगानीमा मेलम्ची को पानी निकाल्न थालेको ३० बर्ष भयो तर अझै कति बर्ष लाग्ने हो यकिन छैन ! हामी देशको राजधानी को सडक समेत पिच गर्न नसकेर जनताले बिरोध स्वरूप धान रोपेको स्थिति छ भने यो अवस्थाको नेपाल ले कसरी फास्ट ट्रयाक आफै बनाउछ ? नेपाल संग फास्ट ट्रयाक बनाउने प्रबिधि , दक्ष जनशक्ति र पैसा तिनै चिज छैन ! फास्ट ट्रयाक का लागि टेन्डर आवहान गर्नु पर्छ र जसले सस्तो पैसामा बनाउछ उसैलाई दिनु पर्छ ! फेरी एमाले ले फास्ट ट्रयाक मा राजनिती गर्नु भनेको फेरी फास्ट ट्रयाक लाई पनि उही अरुण तेश्रो झैँ कहिल्यै बन्न नदिनु हो !
हामीलाई चाहिएको फास्ट ट्रयाक हो , जसले सस्तो पैसामा छिटो र राम्रो बनाउन सक्छ उसैलाई दिनु पर्छ ! पहिला ३० बर्ष पहिले सुरु गरेको मेलम्ची को पानी काठमाण्डौ ल्याउ , काठमाण्डौ को सडक पिच गरौ , पैसाको श्रोत देखाऊ अनि यस्ता ठुलो परीयोजना आफै बनाउने कुरा गरौला होईन भने एमाले को राजनितीले यो फास्ट ट्रयाक को हालत पनि उही कहिल्यै नबन्ने अरुण तेश्रो को झैँ हुने पक्का छ ! ? एउटा पक्ष भन्छ फास्ट ट्रयाक नेपाल ले नै बनाउन पर्छ र अर्को पक्ष भन्छ फास्ट ट्रयाक नेपाल ले बनाउन सक्दैन । फास्ट ट्रयाक बनाउन का लागि केहि करोड बजेट छुट्टाईन्छ अनि राष्ट्रबाद को नारा फालेर राजनिती गरिन्छ ! अर्वौ लाग्ने फास्ट ट्रयाक केहि करोड ले बन्छ ? देशको राजधानी काठमाण्डौ का सडक पिच गर्न नसक्ने हामी ले अर्वौ खर्चेर फास्ट ट्रयाक कहिले बनाउने ? फास्ट ट्रयाक कसले बनाउने भन्ने कुरामा कति राजनिती गर्ने ? फास्ट ट्रयाक कसले बनाउछ भन्ने ठुलो कुरा होईन ,
जसले बनाए पनि छिटो बनाउनु पर्यो र भ्रष्ट्रचार हुनु भएँन ! यो यसले बनाउने र उसले बनाउने नाउमा कहिल्यै पनि नबनाउने काम नगरौ , बिकासमा राजनिती नगरौ ! हामी आफैले मेलम्ची को पानी निकाल्न थालेको ३० बर्ष हुन थाली सक्यो तर आज सम्म पानी आएको छैन , अब फास्ट ट्रयाक पनि आफै बनाउछौ भन्ने हो भने अर्को ६० बर्ष बन्दैन ! मन त देश भरिका खोलानाला बाट आफै बिजुली निकाल्ने पनि छ तर सकिन्छ त ? जे कुरामा पनि राष्ट्रबाद र स्वाभिमान घुसाउनु कति उचित होला ? #राष्ट्रबादको_ठेक्का_लिनेहरु
नेपालीलाई बार्षिक २ अर्व २० करोड आउछ भन्दै भारतलाई माहाकाली बुझाउनु राष्ट्रबाद हो ? खोई बार्षिक २ अर्व २० करोड आएको ? बिगत २६ बर्ष मा २२ वटा सरकार परिवर्तन भए र १७ वटा मा एमाले नै संलग्न थियो ! एमाले सत्ता बाहिर बस्न सक्दैन भन्ने कुरालाई यसैले पुष्टि गर्छ र १७ वटा सरकारमा आफै सहभागी हुने , काँग्रेस संग मिलेर माहाकाली , माथिल्लो कर्णाली भारत लाई बेच्ने अनि देश बनाएँन भनेर दोष दिने ? आफु १७ वटा सरकारमा भ्रष्ट्राचार गर्न बसेको कि देश बनाउन ? ६२-६३ पछी पनि एमाले ले ३ वटा सरकारको नेतृत्व गर्यो ! ओली सरकारको बजेट अनुसार देशको साधारण खर्च ( तलव भत्ता आदि आदि...) चलाउन मात्र ५२ अर्व रुपया ऋण लिनु पर्ने रहेछ ! जब देशको खर्च चलाउन नै ५२ अर्व ऋण लिनु पर्छ भने कहा बाट आउछ चुच्चो रेल ? कहा बाट आउछ पानी जहाज ? कहाँ बाट जोडिन्छ चुलो चुलोमा ग्यास ? कहा बाट दिने प्रमाण पत्र राखेर १० लाख ? जब पैसाको श्रोत नै छैन भने हावा गफ ठोकेर मात्र बिकास हुन्छ ? खोई पैसा कहा बाट आउछ श्रोत देखाउ अनि म पनि ठोकौला ताली होईन भने मन त मलाई पनि हेलिकप्टर किनेर घरको छत माथी पार्किङ् गर्ने छ तर के म संग पैसा छ त ?
ओली जी , तपाइले भने झैँ नै बिकास गरौला तर कृपया पैसाको श्रोत देखाई दिनु होस , पैसा कहा बाट आउछ त्यो पैसाको मुहान देखाउनु होस होईन भने गफ मात्र ठोक्नुको के अर्थ ? ओली जी ले रकेट उढाउने बाहेक आफुले देखेको , जानेको र सुनेको सबै कुरा भनेर गए तर देशको आर्थिक वृद्धि दर ०.७७% मा झारेर , महंगी ९% ले वृद्धि गरेर देशलाई झन बर्बाद बनाए , जो जति उफ्रे पनि यथार्त यहि हो । २००५ सालमा राणाले बनाएको फर्पिंङ् जलबिधुत आयोजना यसियाकै सबै भन्दा ठुलो जल बिधुत आयोजना थियो तर आज हामी ७५० मेगावाट बिजुली समेत निकाल्न सकेका छैनौ ! हाम्रा नेता आज पनि उनै राणाहरु ले बनाएको सिंह दरबार भित्र बसेर देश बनाउने योजना बुन्छन र बिदेशी ले बनाएको संसद भवन मा बसेर टेवल ठोक्छन ,
कुर्लिन्छन ! हाम्रा यी पार्टी र यी नेताहरुले देश बनाउने भए आज सम्म नेपाल बनी सक्थ्यो ! हामी भन्दा गरिव देश भुटान , कोरिया , मलेसिया आज बिकास गरेर कहा पुगी सके तर हामी झन भन्दा झन कंगाल हुदै छौ तै पनि हामी नेपाली जनताको आखा खुल्दैन ! हाम्रो आखा अगाडी नेताहरु ले भ्रष्ट्राचार गरेर देश लुटी रहदा समेत हामी मौन छौ तर अब कहिले सम्म ? देशमा सम्भावना नै सम्भावना छ तर हामी त्यो सम्भावना लाई यथार्त मा परिणत गर्न सकी रहेका छैनौ ! भुटान बिजुली बेचेर धनी हुन सक्छ भने हामी किन सक्दैनौ ? थाईलेण्ड पर्यटक भित्राएर धनी हुन सक्छ भने हामी किन सक्दैनौ ? ३० बर्ष पहिले सम्म हामी अन्न निर्यात गर्थ्यौ भने आज हामी ८०% अन्न आयात गर्छौ , खोई कृषि मा लगानी र आधुनिकरण अनि प्रोत्सान ? देश बनाउने नितीले हो , निती बनाउने नेताले हो र नेता बनाउने जनताले हो ! एक पटक हाम्रा ६०१ जना सांसद हेरौ , हामीले कस्ता व्यक्तिलाई सांसद चुनेर पठाएका छौ !
२०% औठा छाप , ७०% अपराधी र भ्रष्ट्राचारी र बाकी १०% राम्रा तेही रनभुल्ल परेका छन ! कुरा प्रष्ट छ जब सम्म हामी गलत को बिरुद्ध आवाज उठाउदैनौ, भ्रष्ट्राचारी लाई बहिष्कार गर्दैनौ र निती बनाउने ठाउमा राम्रा मान्छे पुराउदैनौ तब सम्म नेपाल बन्दै बन्दैन ! आमाले हिडन र बोल्न सिकाईन बाउले संघर्ष गर्न सिकाए बिदेशी भूमि ले बिकास , समृद्धि र देशभक्ति सिकायो ! अब म आफुले सिकेको ज्ञानको सदुपयोग गरेर देश बनाउन चाहन्छु , म राजनिती गर्न चाहन्छु? म चाकडी गर्न जान्दिन गुण्डा पाल्न र पैसा लगानी गर्न चाहन्नँ , अब के नेपालमा मेरो राजनितीक भविष्य छ त ? आउनुहोस पुर्व मेची देखि पश्चिम माहाकाली सम्मका सबै साथीहरु हातेमालो गरौ र भ्रष्ट नेता अनि तिनीहरुले स्थापित गरेको भ्रष्ट संरचना ध्वस्त पार्दै देश बिकास को चित्र कोरौ !
शहर , गाउ , टोल र घर घर बाट भ्रष्ट्राचार का बिरुद्ध उठो भ्रष्ट्र नेतालाई बहिष्कार गरौ ! अब हाम्रा छोरा छोरी ले खाडीको ५५ डिग्रीमा बेल्चा हान्न नपरोस ! युरोप अमेरिका , क्यानडा , अष्ट्रेलिया , जापानका होटलहरुमा जुठा भाडा उठाउन नपरोस ! दैनिक १५ घन्टाको लोडसेडिंग झेल्न नपरोस , सहयोगका लागि बिदेशी संग हात फैलाउन नपरोस तसर्थ देशभरका सबै विकासप्रेमी युवाहरु एकै ठाउमा गोलबद्ध हुन आवस्यक छ !
भ्रष्ट्राचारका बिरुद्ध उठ्न जरुरी छ राजनिती ब्यापार कि सेवा ? हिमाल , तराई र पहाड नेपाल हो ! हिमाली , पहाडी र मधेशी सबै नेपाली हुन ! अब मधेशी र जनजाती सबैका उचित माग सम्बोधन गरेर राष्ट्रीय एकता बलियो बनाउनु पर्छ अनि बल्ल हामी बिदेशी हस्तक्षेपका बिरुद्ध लड्न सक्छौ , देशलाई बिकास र समृद्धि को दिशा तर्फ लैजान सक्छौ !