Tuesday,January 23, 2018
  • :
  • :

ज्ञान/विज्ञान

मेथीको फाइदै फाइदा

मेथीको फाइदै फाइदा


एजेन्सीहरु

भान्सामा दिनहुँ आवश्यक पर्ने र भोजनलाई स्वादिष्ट बनाउने बिभिन्न मसलाहरु स्वास्थ्यका लागि अति उपयोगी रहेको धेरैलाई थाहा नहुन सक्छ ।तर भान्सामा प्रयोग हुने मसलाहरुको समुचित प्रयोगबाट स्वास्थ्यमा तत्कालै सकारात्मक प्रभाव देखिन्छ ।मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो । तर मेथीको स्वाद सबैलाई मन नपर्न सक्छ ।यद्यपी मेथीका धेरै फाइदाहरु छन ।मेथीले कपाल झर्नबाट रोक्छ ।डण्डीफोरलाई नियन्त्रण गर्छ र चाया हटाउन मदत गर्छ ।मेथीबाट हुने फाइदा र त्यसको प्रयोगबारे केहि जानकारीहरु यहा“ उल्लेख गरिएकोछ ।
मेथीको फाइदा र प्रयोग बिधि
१) कपाल झर्न रोक्छ –मेथीको पेष्ट बनाएर कपालमा लगाउदा कपाल झर्न रोक्छ ।
२) डन्डिफोर नियन्त्रण – मेथिको पेष्ट बनाई थोरै मह हालेर सुत्नु अगाडी अनुहारमा लगाउनोस । बिहान उठेर चिसो पानीले धुनुहोस ।यसले डन्डिफोरको समस्या समाधान हुन्छ ।
३) चायाबाट मुक्ति – मेथिमा दहि मिसाएर पेष्ट बनाएर कपालको जरासम्म लगाई मसाज गरेर आधी घण्टापछि  धु“दा कपालबाट चाया हटाउन मदत मिल्छ । यसले कपालमा चायाको समस्या हटाएपछि कपालपनि चम्किलो देखिन्छ ।
४) मोटापा घटाउछ – मेथिमा फाईवर हुने हुनाले दिनहु बिहान १ गिलास मेथि पानी पिउनाले शरिरलाई फाईदा गर्छ ।
५) मृगौलाका लागि फाईदा –मेथीको नियमित सेवनले मृगौला स्वच्थ रहन्छ । यसमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाईदा गर्छ । मेथीले भिरत्चबको बिकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
६) ज्वरो नियन्ण – एक चम्चा कागतिको रसमा मह र मेथि मिसाएर खा“दा ज्वरो घट्छ । यसले आराम अनुभव गराउछ र घा“टीमा हुने खसखस पनि हटाउ“छ ।मेथीले रुघाको समस्यालाई कम गर्छ ।
७) सुगरको नियन्त्रण –सुगरका रोगीहरुलाई मेथीले फाइदा गर्छ । मेथिको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रीत गराउछ ।
८) पाचन प्रणालीमा सुधार – मेथीको सेवनले पाचन प्रणालीमा  सुधार गर्छ ।यसले भोजनलाई पचाउन सहयोग गर्छ र पाचन ग्रन्थीहरुलाई समेत राम्रो अवस्थामा राख्न मदत गर्छ ।
९) महिलाका लागि उपयोगि – मेथीको नियमित सेवनगर्दा सुत्केरी महिलाहरुलाई दुधको मात्रामा बृद्धि गराउछ ।बच्चालाई चाहिने आमाको दुध प्रयाप्त मात्रामा उपलब्ध हुन्छ ।
१०) चम्किलो अनुहार – मेथिमा अनुहारलाई चम्किलो बनाउने अदभूत क्षमता छ । मेथिको पेष्ट बनाएर अनुहारमा नियमित रुपमा लगाउनाले अनुहारको काला दाग घेरा र अन्य समस्या समेत हट्नेछ ।अनुहारमा भएका दागहरु हटने वितिकै अनुहार चम्किलो देखिन्छ ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...