Saturday,April 21, 2018
  • :
  • :

ज्ञान/विज्ञान

घर बनाउनु अगाडी जमिनको शल्य कृया आवश्यक

घर बनाउनु अगाडी जमिनको शल्य कृया आवश्यक


एजेन्सीहरु

नयाँ र सुन्दर भवनमा बस्ने सबैको चाहना हुन्छ ।वैज्ञानिक अधारमा समेत उपयुक्त देखिएको वास्तु विज्ञान अनुसार बनाइएको भवनमा सुख, शान्ति, समृद्धि, स्वस्थ्य रहने मानिसहरुको विश्वास छ ।वास्तु नमिलेको भवनहरुमा अनेक प्रकाकार दोष, कलह, रोग, अभाव जस्ता समस्याहरु देखिन्छ ।

तर वास्तुविदहरुले ध्यान दिएपनि अधिकांश जग्गाधनीहरुले घर बनाउने क्रममा उपेक्षा गर्ने एउटा महत्वपूर्ण पक्ष जमिनको तलको अवस्था हो ।वर्षौ पहिले मृत मावन, कुकुर, गाई, गिद्धहरुलाई गाडेको हुन सक्ने अथवा मानिसको कपाल नै जमिनमा गडेको हुन सक्ने संभावना हुन्छ ।तर त्यसबारे जग्गाधनी अनभिज्ञ हुन सक्छन ।जमिन मुनी रहेका नरकंकाल, गिद्धको हाड, मनुष्यको कपाल, गाई, कुकुर जस्ता जनावरहरुको हाड घर बनाउने जमिन मुनी रहेको अवस्थामा सुख, शान्तिपूर्ण जिवन ब्यतित हुन कठिन हुन सक्छ ।

त्यसकारण घर बनाइनु पूर्ब जमिनको शल्यक्रिया गर्नपर्छ ।जमिनको तल गर्भमा रहेको दूषित पदार्थहरुलाई जमिनबाट बाहिर निकाल्नलाई जमिनको शल्यकृया भनिन्छ । यस प्रकारका दूषित पदार्थहरु गर्र्भमै भईरहे भने भवन निर्माण पश्चात् घरमा रोग, पीडा, दुःख, स्त्री, पुत्र, यश , धननाश भई गृह स्वामीलाई अनेक प्रकारका क्लेशहरुको सामना गर्ने सम्भावना रहन्छ ।

जमिनको शल्य सम्बन्धमा पुराण, ज्योतिष निबन्ध, प्रश्नकौमुदी, विश्वकर्मा प्रकाश आदि ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...