Tuesday,January 23, 2018
  • :
  • :

ज्ञान/विज्ञान

टवीटरले करिब सबा लाख एकाउन्ट बन्द गरे

टवीटरले करिब सबा लाख एकाउन्ट बन्द गरे


एजेन्सी
जनकपुरधाम, २४ माघ ।

माइक्रोब्लगिङ साइट ट्वीटरले शुक्रबार सन् २०१५ को मध्यदेखी अहिलेसम्म करिब १ लाख २५ हजार वटा ट्वीटर एकाउन्ट बन्द गरेको जानकारी दिएको छ । यी सबै ट्वीटर एकाउण्ट आतंकवादी संगठन इस्लामिक स्टेट(आईएस)सग जोडिएको हुन सक्ने आशंका गरिएको छ ।


ट्वीटरका विश्वभर ५० करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन् । एक सन्देशमा ट्वीटरको नीति तथा नियममा आतंकवादलाई प्रस्रय गर्न वा यसको प्रचार(प्रसार गर्नका लागि ट्वीटरको प्रयोग गर्न अनुमति दिने नरहेको उल्लेख गरिएको छ ।
सन् २०१५ मा वाशिंगटन डीसीको थिंक ट्याङक ‘ब्रकिंग्स इन्स्टीट्युसन’को तर्फबाट जारी गरिएको एक प्रतिवेदन अनुसार सन् २०१४ मा तीन महिनामा इस्लामिक स्टेट(आईएस)ले कम्तिमा ४६ हजार एक्टिभ ट्वीटर एकाउण्ट बनाएको थियो ।


अमेरिकी सरकार र गैर सरकारी संस्थाले ट्वीटरमाथि आईएस वा अन्य आतंकवादी संगठनको एकाउण्ट बन्द गर्नका लागि दवाव दिएको थियो । जसका कारण ट्वीटरले यी एकाउण्ट बन्द गर्नुपरेको हो ।


गत महिना जोर्डनको प्रहरीको प्रशिक्षण केन्द्रमा एक आक्रमण भएको थियो । जसमा एक अमेरिकी नागरिक मारिएको थियो । उसकी पत्नीले ट्वीटरविरूद्ध एक मुद्धा दर्ता गरेकी थिइन् । महिलाले ट्वीटरले आईएसको लागि आतंकवादको प्रचार–प्रसार गर्ने काम सहज बनाइदिएको आरोप लगाएकी थिइन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...