Saturday,April 21, 2018
  • :
  • :

ज्ञान/विज्ञान

‘वाइफाइ’ भन्दा सय गुणा तीब्र ‘लाइफाइ’ कसरी चल्छ ?

‘वाइफाइ’ भन्दा सय गुणा तीब्र ‘लाइफाइ’ कसरी चल्छ ?

डाटा ट्रान्सफरमा अर्काे एक नयाँ प्रविधिको विकास भएको छ । जसले वाइफाइभन्दा सय गुणा बढी तीब्ररुपमा डाटा पठाउन सक्छ । एक भारतीय प्राविधिकले इस्टोनियाको टालिममा ‘लाइफाइ’ नाम दिइएको उक्त प्रविधिको परिक्षण गरेका छन् ।

लाइफाइबाट इन्टरनेट चलाउदा वाइफाइ भन्दा सय गुणा तेज रुपमा इन्टरनेट चल्ने बताइएको छ । प्राविधिकहरुका अनुसार लाइफाइको रफ्तार एक गीगाबाइट प्रति सेकण्डसम्म हुन सक्नेछ  । हालै सुरु भएको कम्पनी भेलमेनीका सह–संस्थापक तथा मुख्य कार्यकरी अधिकृत दीपक सोलंकीले बताएअनुसार अब कल ड्रपजस्ता समस्याहरुको लागि यो नयाँ प्रविधि रामवाण सावित हुनेछ ।

सोलंकीका अनुसार एस्टोनियामा उनको कम्पनी रहेपनि टिममा सबै भारतीय छन्  । उनले दुई वर्षअघि नै यो प्रविधि विकास गर्न चाहेका थिए । तर, उनले भारतमा लगानीकर्ता फेला पार्न सकेनन् । भारतीय लगानीकर्ताहरुले उनको प्रविधिलाई कल्पना पनि गर्न नसकेकाले  इस्टोनिया पुगेको उनले बताए  ।  

लाइफाइ चलाउनको लागि बिजुलीको एक स्रोत चाहिन्छ, जस्तै बल्ब । अनि इन्टरनेट कनेक्सन र एक फोटो डिटेक्टर । भेलमेनी कम्पनीले एक गीगाबाइट प्रति सेकेन्डको रफ्तारले डाटा पठाउनको लागि एक लाइफाइ बल्बको प्रयोग गरेको छ । परिक्षणको दौरान यो पत्ता लागेको छ कि, सौद्धान्तिक रुपमा यो रफ्तार २२४ गीगाबाइट प्रतिसेकेण्डसम्म पुग्न सक्नेछ  ।

यो परीक्षण एक कार्यालयमा गरिएको थियो, ताकि कर्मचारीहरुले इन्टरनेट चलाउन सकुन । यसैगरी, औद्योगिक क्षेत्रमा पनि गरिएको थियो । जहाँ एक स्मार्ट लाइटिङ सोलुसन प्रदान गरिएको थियो ।

सोलंकीका अनुसार यो प्रविधि तीनदेखि चार वर्ष भित्रमा उपभोक्तासँग पुग्नेछ  । लाइफाइ चलाउनको लागि मोबाइलमा एक डिभाइस राख्नुपर्नेछ । उक्त डिभाइस भविष्यमा वाई–फाई र ब्लूटूथ जस्तै मोबाइल प्रविधिमा जडान  गरिनेछ  । जस्तै रेडियो तरंगको लागि स्पेक्ट्रमको सीमा छ, त्यसैगरी भिजिवल लाइट स्पेक्ट्रम दश हजार गुणा बढी व्यापक हुनेछ ।

रिमोट कन्ट्रोलले काम गरे जसरी नै यहाँ सूचनाको लाइट पल्सेजमा एन्कोड गरिन्छ । एलइडी ब्रोडब्याण्ड कनेक्सनको लागि पर्याप्त डाटा ट्रासमिट गर्न सक्षम हुन्छ र पनि यो सामान्य रोशनी जस्तै देखिन्छ  । लाइफाइ शब्दको प्रयोग पहिले एडिनबार विश्वविद्यालयका प्रोफेसर हेराल्ड हासले गरेका थिए । उनले सन् २०११ मा टैड (टेक्नोलोजी, इन्टरटेनमेन्ट एण्ड डिजाइन) कन्फेरेन्समा यसको प्रदर्शन गरिएको थियो  ।

उनले एक एलआईडी बल्बबाट भिडियो पठाएर देखाइएका थिए । उनको प्रस्तुति करिब २० लाख पटक देखाइएको थियो । प्रोफेसर हासले यस्तो भविष्यको कल्पना गरेका थिए कि, विजुलीका अरबौ बल्ब वायरलेस हटस्पट बन्नेछ  । लाइफाइको सबैभन्दा बढी लाभ के हो भने यो वाइफाइ जस्तै जस्तो रेडियो सिग्नलमा अवरोध आउँदैन । यही कारण यो प्रविधिको प्रयोग बढी हुने विश्वास गरिएको छ  ।

यो प्रविधिको केहि कमजोरी पनि रहेका छन्  । यसको सबैभन्दा ठूलो कमजोरी भनेको यो घरबाहिर घाममा उपयोग गर्न सकिन्न । किनभने, सूर्यको किरणले यसको सिग्नललाई हानी पु¥याउने गर्छ  । यस्तै भित्ताको वरपर पनि प्रयोग गर्न सकिन्न । तर, यो सत्य हो कि अब वाइफाइको सट्टा लाइफाइ पनि प्रयोग गर्न सकिनेछ  ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...