Saturday,April 21, 2018
  • :
  • :

ज्ञान/विज्ञान

टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो

टेलिकमले नयाँ डाटा प्याकेज ल्यायो


रासस
काठमाडौ, २१ कात्तिक ।

नेपाल टेलिकमले ग्राहकको माग बमोजिम इन्टरनेट प्रयोगकर्ताका लागि डाटा प्याकेजको नयँ योजना ल्याएको छ ।
टेलिकमले उपलब्ध गराएको सानो परिमाणको डाटा प्याकेजमा ग्राहकबाट अत्यधिक माग भए बमोजिम जिएसएम÷सिडिएमएका प्रिपेड र पोस्टपेड सेवामा आगामी कात्तिक २२ गतेदेखि नया डाटा प्याकेज उपलब्ध गराउने भएको हो ।


उक्त सेवाअन्तर्गत जिएसएम १० एमबीको दुई दिन अवधिको महसुल दर रु आठ जिएसएम प्रिपेड र पोस्टपेड ५० एमबी १० दिनको महसुल रु ३५ र सिडिएमए प्रिपेड पोस्टपेड ४० एमबी तीन दिनको महसुल रु १५ निर्धारण गरिएको टेलिकमले जनाएको छ ।
उल्लेखित महसुल दरमा नियमअनुसार थप १३ प्रतिशत कर लाग्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफूले चाहेको परिणामको बीचमा खाली स्पेस राखेर १४०० सय डायलमा एसएमएस पठाउनु पर्नेछ । जिएसएम पोस्टपेड प्रयोग गर्न बाकी रहेको डाटा परिमाण थाहा पाउन सिबी टाइप गरी १४०० मा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ।
त्यस्तै जिएसएम प्रिपेड र सिडिएमए पोस्टपेड÷प्रिपेडमा डाटा सुविधा लिनका लागि आफुले लिन चाहेको डाटा परिणाम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।
उक्त परिणामको बाँकी डाटा थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिने जनाइएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...