Friday,November 24, 2017
  • :
  • :

कला

नेपाली पनमा किन बदनामी भएछु ?

नेपाली पनमा किन बदनामी भएछु ?

 

आफनै मुलुक मा बिरानो नागरिक भएछु 
नगरिकता भएर पनि मधेशी भएछु।  
जहा जहा बोले आफ्ना हक का कुरा 
साम्प्रदायिक भएर मधेशी नेपाली भएछु। 
 
अधिकार बिहिन्ता  ले मधेश मा  जिन्दगी 
प्रजातन्त्र मा पनि अधिकार बिहिनै भएछु। 
कहा  कहा लडेन  दुखमा मधेश
नेपाल का नेपाली पनमा बदनामी भएछु। 
 
जंगी पिलर लाइ देख्दै भक्कानियो मन 
यो मेरो भन्न किन  आना कानी भएछु ?
यो देश उसकै किन मेरो न भन्नु ?
संबिधान मै फेरि किन नअटाउन सकेछु  ?
 
यो माटो मेरो किन होइन यहा ?
जहा मैले किन न सेना भएछु। 
जो जो मेरा होइन तिम्रा कसरी?
इतिहाश मा फेरि छुट्दै गएछु।
 
मधेशी सहिद किन न हुनु नेपाली सपुत?
 आधि को अंश किन नहुनु भन्दै छु ?
चाहेको कसले विभेद को कुरो
देउ मेरो नि अझै नि भन्दै छु। 
 
 
अब्दुर रज्जाक (हरिपुर ४ धनुषा )हाल कतार 

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...