Friday,February 23, 2018
  • :
  • :

ज्ञान/विज्ञान

जनकपुरमा अक्सिजन ग्यासको अभाव

जनकपुरमा अक्सिजन ग्यासको अभाव


टुडे समाचारदाता
जनकपुरधाम, २४ भदौ ।

लगातारको बन्दका कारण सदरमुकाम जनकपुरमा अक्सिजन ग्यासको अभाव भएको छ ।
२६ दिनदेखि बन्दका कारण अक्सिजन ग्यास भित्रियाउन समस्या भएको छ । जनकपुरस्थित भाजुरत्नले अक्सिजन ग्यासको आपूर्ती गर्दै आएको छ  ।
तर, ग्यासको अभाव भएपछि भाजुरत्नलाई जनकपुरका हा“स्पिटलहरुमा अक्सिजन ग्यासको आपूर्ती गर्न सकेको छैन् ।
अक्सिजन ग्यासको आवश्यक्ता भएको अस्पतालहरुलाई आपूmले पत्र लेखेर दिने गरेको भाजुरतनका मनोज ठाकुरले जनाए ।


ठाकुरका अनुसार एम्बुलेन्स भाडा गरेर बाराको परवानीपुरबाट अक्सिजन ग्यास ल्याउनुपरेको छ ।
जनकपुर अंचल अस्पताल र जानकी हेल्थ केयर सेन्टरले भाजुरतनको सिफारिसमा एम्बुलेन्स लिएर परवानीपुरबाट अक्सिजन ल्याएको
छ ।
लामो बन्दका कारण अक्सिजन आउन नसक्दा जनकपुरमा अभाव भएको ठाकुरले थपे । अस्पताल र नरसिंह होमलाई अक्सिजन ल्याउनको लागि सिफारिस गर्ने उनले बताए ।
आन्दोलन उत्कर्षमा पुगेको बेला जनकपुरसहित वरपरका क्षेत्रमा अक्सिजन ग्यासको अभाव भएको हो ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...