Friday,November 24, 2017
  • :
  • :

कला

मैथिली भाषा साहित्य पुरस्कार रामानन्द क्लबलाई


टुडे समाचारदाता
जनकपुरधाम, २० कात्तिक ।

नेपाल विद्यापति पुरस्कार कोषले यस वर्षको पुरस्कारको घोषणा गरेको छ ।
कोषले प्रत्येक वर्ष वितरण गरिने पुरस्कार यस वर्ष पनि पांच जना श्रष्टालाई दिइने भएको छ ।
कोषका निर्णायक मंडलले २०७१—७२ को पुरस्कार विभिन्न ५ जनालाई दिने निर्णय भएको कोषका अध्यक्ष तथा त्रिवि मैथिली केन्द्रिय विभागका विभाग अध्यक्ष प्रमेश्वर कापरले जानकारी दिएका छन । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार जनकपुरको रामानन्द चोक स्थित रामानन्द युवा क्लबलाई दिईने भएको छ । पुरस्कारको राशि २ लाख रुपैया रहेको छ ।


नेपाल विद्यापति कला, संस्कृति पुरस्कार सप्तरीका श्यामसुन्दर यादवलाई, नेपाल विद्यापति अनुसन्धान पुरस्कार बिरगंजका डा.बासुदेव लाल दासलाई, नेपाल विद्यापति पाण्डुलिपी पुरस्कार सिरहाका चन्द्रशेखर लाल शेखरलाई र नेपाल विद्यापति अनुवाद पुरस्कार धिरेन्द्र प्रेमर्षिलाई दिईने भएको छ । चार टै पुरस्कारको राशि १—१ लाख रुपैया रहेको छ । कोषको निर्णायक मंडलीमा डा.श्यामा महतो, डा.आशा सिन्हा, प्रा.विजय दत्त, श्याम यादव र रोशन झा रहेका छन ।
मैथिली भाषा साहित्य, कला संस्कृति क्षेत्रमा विशिष्ट योगदान पुर्याउने श्रष्टा तथा संस्थाहरुलाई कोषले पुरस्कृत गर्दै आएको छ ।
मैथिली भाषा विकासमा जनकपुरस्थित रामानन्द युवा क्लबले लामो समयदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

आफ्नो मत व्यक्त गर्नुहोस्

अन्य समाचार...